नेपालका सांसद र जापानका मेयरबीच भेटघाट

नेपालका सांसद र जापानका मेयरबीच भेटघाट


■ श्याम क्षेत्री, टोकियो

नेपालको प्रदेश नं ३ का सांसद् लक्ष्मण लम्साल र जापानको गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामाबीच औपचारिक भेटघाट भएको छ ।

मेयर मुरायामाको कार्यकक्षमा बुधबार प्रदेश नं ३ काभ्रेको सांसद् तथा नेकपा युवा नेता लक्ष्मण लम्साल र गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामाविच औपचारिक भेटघाट गरी विशेष छलफल भएको हो ।

सांसद् लम्सालले मेयर मुरायामालिाई नेपालीको मायाको चिनो वीर गोरखाको प्रतिक नेपाली पहिचान ढाका टोपी लगाइदिनु भएको थियो ।

सो भेटघाटमा प्रवासी नेपाली एकता मञ्च जापानका नेता हवल चन्द्र लामा र एनआरएनए गुन्माका निवर्तमान संयोजक महेश रिजालको विशेष उपस्थिति सहभागिता रहेको थियो ।

सांसद् लम्सालले नेपाल जापान सम्बन्ध घेरै पुरानो र गाढा रहेको बताउदै जापान सरकारले नेपालको हरेक क्रियाकलापमा सहयोग गर्दै आएकोमा घन्यवाद दिनुभयो ।

सोही भेटमा सांसद् लम्साल निकट भविष्यमा काभ्रे ज़िल्लाको कुनै एक शहर र गुन्माकेनको ओइजुमी शहरबीच भगिनी सम्बन्ध राख्ने विषयमा प्रस्ताव राख्नुभयो ।

मेयर मुरायामाले निकट भविष्यमा नेपाल गएर नेपालको जानकारी लिने र आइपर्ने कार्यमा सहकार्य गर्ने बाचा गर्दै आफ्नो शहर गुन्मामा नेपाली धेरै रहेको र सुखदुःखमा साथ दिइरहेको जानकारी गराउनु भयो ।