आजको पञ्चाङ्ग एवम् राशिफल (२३ साउन २०७६ बिहीबार, ८ जुलाई २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ साउन २०७६ बिहीबार, ८ जुलाई २०१९)


■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परमहंस जोतिषाचार्य

आजको पञ्चाङ्ग :

परिधावी नाम सम्वत्सर ग्रीष्म ऋतु श्रीशाके १९४१ नेपाल सं. ११३९, वि.सं. २०७६ साउन २३ गते तद्अनुसार सन् २०१९ अगस्त ८ तारिख विहीबार श्रावण शुक्लपक्ष अष्टमी तिथि विशाखा नक्षत्र शुक्ल योग बब करणआनन्दादिमा प्रवर्द्ध योग, चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ५ः३१ मा भयो र सूर्यास्त साँझ १८ः४६ बजे हुनेछ । शुभ समय अभिजीत ११ः३६ देखि १२ः३१, अशुभ समय राहु काल १३ः४८ देखि १५ः३२, दिशा शूल– दक्षिण । अष्टमीव्रतम, गोरखकाली पूजा, यलपञ्चदानम्, भू– संरक्षण ।

आजको राशिफल :

मेष राशि – सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।

बृष राशि – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । गौरव बृद्धि होला । आफन्तको सहयोग मिल्नेछ ।

मिथुन राशि – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कर्कट राशि – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित रहला । देखापरेको समस्याको समाधान खोज्नु हुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

सिंह राशि – दिन लाभदायक र उन्नतिकारक रहला । धन मान सुख समृद्धि बढ्नेछ । यात्रापरक काम बन्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साथिभाइको साथ प्राप्त होला ।

कन्या राशि – मनोकूलको काम बन्नेछ । आर्थिक क्षेत्रसित कार्यमा सफलता मिल्नेछ । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व बढ्ला । सुख शान्ति मिल्नेछ ।

तुला राशि – यात्रामा सफलता मिल्नेछ । धर्म कर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखशान्ति मिल्ला । उन्नति–पदोन्नती हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आनन्दित रहनु हुनेछ ।

वृश्चिक राशि – दिन मिश्रित फलदायक रहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भुलचुकप्रति सचेत रहनु पर्नेछ । हांसविलासमा रुचि बढ्नेछ । खर्च र लगानी बढ्ला । योजना र बजेट बनाई कार्य गर्नु हिततकर रहला । नियमकानूनलाई उपेक्षा गर्नु उचित हुनेछैन । जोखिममा नपर्नु बेस रहला ।

धनु राशि – सुख समृद्धि मान यश महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । अन्न धन बढ्नेछ । आय स्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै लगानी लगाइएको धन उठ्ला । साझेदारीको काम बन्नेछ । जीवनसाथीको पनि सहयोग समर्थन मिल्नेछ ।

मकर राशि – आरोग्यता बढ्ला । मनोकूलको काम बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक प्रगति पनि हुनेछ । मान महत्व बढ्नेछ । विजयश्री मिल्नेछ । राजकीय कार्य बन्ला ।

कुम्भ राशि – शुभ र भाग्यबर्द्धक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । यात्रा होला । धर्मकर्ममा रुचि बढ्ला । ख्याति फैलिनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मीन राशि – नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । भागदौड व्यसता बढ्ला । चोटपटकप्रति सचेत रहनुपर्नेछ । स्वास्थ्यसित सम्बन्धित कुरामा ध्यान राख्नुपर्नेछ । अनावश्यक यात्र हुने र अनावश्यक विवादमा परिने कार्यप्रति सचेत रहनुपर्नेछ ।