२०६६ को चलचित्र, धेरै फ्लप थोरै हिट-राजन घिमिरे

२०६६ को चलचित्र, धेरै फ्लप थोरै हिट-राजन घिमिरे


विगतका वर्षजस्तै यो वर्ष अर्थात् २०६६ साल पनि नेपाली चलचित्र उद्योग गुणात्मकभन्दा सङ्ख्यात्मक रूपमा नै अल्भियो । राम्रा चलचित्रहरू बनाउनेभन्दा सङ्ख्या मात्र बढाएर आफ्नो नाम चलाउन खोज्ने नया“ निर्माताहरूको हुलका कारण चलचित्र उद्योगमा केवल चलचित्र निर्माणलाई रहर बनाउनेहरूको मात्र भीड रह्यो ।
यो वर्ष करिब ४६ वटा चलचित्रहरू रिलिज भएका छन् भने नाम र दाम चाहि“ सीमित सिनेमाहरूले मात्र हात पारे । यो वर्ष डिजिटलको समय आएका कारण डिजिटलको समय आएका कारण डिजिटल क्यामेराबाट चलचित्रहरू निर्माण हु“दा सङ्ख्या भने ह्वात्तै बढेको छ । चलचित्रहरू मात्र धेरै बनेका छैनन् यो वर्ष नया“ नायक, निर्माता, निर्देशन अनि नायिकाहरूको पनि प्रवेश भएको छ ।
यो वर्ष कहा“ भेटिएला, निशाना, कहा“ छौ कहा“ र चलचित्र दोस्तीले सा“च्चिकै राम्रो व्यापारिक व्यवसाय गरे भने एउटै चलचित्र कहा“ भेटिएलाको एउटै गीतबाट नम्बर वन सङ्गीतकार बन्न सफल भए सङ्गीतकार शम्भुजित बा“स्कोटा भने नायकमा विराज भट्ट र नायिका झरना थापा पर्छन् नम्बर वनमा । यो वर्ष निकै आशा जगाएकी छिन् नायिक जेनिसा केसीले । आगामी वर्ष भने उनका लागि सुरक्षित देखिन्छ । गायकमा राजेशपायल र्राईले एकछत्र राज गरेका छन् भने गायिकामा अञ्जु पन्तलाई कसैले पनि उछिन्न सकेन । नेपाली चलचित्रपे्रमी दर्शकहरूका लागि मात्र नभएर निर्माता निर्देशकहरूको पहिलो छनोटमा परे यो वर्ष नायक विराज भट्ट । कहा“ छौ कहा“, बाटुली, दोस्ती, नैना रेशम र आफ्नो मान्छे आफ्नै हुन्छ लगायतका चलचित्रमार्फत अन्य नायकहरूको दा“जोमा अगाडि देखापरे विराज भट्ट । नेपाली चलचित्रहरूमा मात्र नभएर भोजपुरी चलचित्रहरूमा पनि विराज भट्टको रामै्र बजार भयो यो वर्ष ।
चलचित्रहरूको निर्माणमा आएको बाढीस“गै नया“ अनुहारहरूको प्रवेश पनि निकै बढ्यो । रोज राणा, सन्दीप सापकोटा, कुशल थापा, आयुश रिजाल, अयुव केसीलगायतका नायकहरूको पनि प्रवेश भयो भने प्रविशा अधिकारीले एउटै चलचित्र कसलाई दिऊ“ यो जोवनको एउटै गीतबाट चर्चा हात पारिन् गायिकाको रूपमा । नायिकाको रूपमा चलचित्रहरूमा त्यति सफल नभए तापनि नाम र चर्चामा भने रेखा थापा अगाडि नै आइन् । सधैं चर्चामा आइरहने रेखा सकारात्मकभन्दा नकारात्मक कुराहरूले चर्चामा आइन् । चलचित्र कहा“ छौ कहामा झरना थापाले गरेको कुशल अभिनयले उनलाई वर्षकै नम्बर वन नायिका बनाएको छ । सङ्ख्यात्मक रूपले राजेश हमालको चलचित्रको सङ्ख्या त बढ्यो तर त्यस्तो उल्लेखनीय चलचित्र खासै नभए तापनि उनलाई दर्शकहरूले नया“ लुकमा हर्ेन पाए चलचित्र ‘द युगदेखि युगसम्म’ मा ।
सङ्ख्यात्मक रूपमा हमालको चलचित्रहरूको सङ्ख्या पनि लामै छ । अब नायकको रूपमा भन्दा पनि पर्दामा चारीत्रिक भूमिका वा जिम्मेवार परिवारको सदस्यको भूमिकातिर देखिन थालेका छन् । अर्का नायक दिलीप रायमाझीले खासै यो वर्ष पनि केही गर्न सकेनन् । पैसाको लोभमा दिलीप रायमाझीले भिडियो चलचित्रतिर ध्यान दि“दा उनको क्रेज घटेको छ चलचित्र बजारमा । राम्रो काम गरे तापनि दिलीप खासै माथि उठ्न सक्ने अवस्थामा छैनन् ।

विवाहको चर्चा
वर्षको अन्त्यतिर आएर नायक निखिल उपे्रती र नायिका सञ्चिता लुइ“टेलबीचको विवाहको चर्चाले चलचित्र उद्योग तात्यो । मिडियामा निखिल र सञ्चिताबीचको विवाहले एउटा नया“ र चासोयुक्त खैलाबैला नै मच्चायो तर, यी दुवैको कुनै पनि आधिकारिक भनाइ नआएपछि झनै रहस्यमयी भयो निखिल र सञ्चिता लुइ“टेलबीचको विवाहका कुरा ।

आशलाग्दो प्रतिभा शैलेश
राजनीतिक रूपमा देश सङ्कटग्रस्त भए पनि नेपाली सिनेक्षेत्रले त्यसको खासै अनुभूति गर्नुपरेको छैन । सङ्ख्यात्मक रूपमा सिनेमा निर्माणले तीव्र गति लिइरहेको छ भने नया“ कलाकारहरूको प्रवेश पनि सोही अनुपातमा भइरहेको छ । यही मेलोमा ‘कलिउड’मा देखापरेका छन् नवप्रतिभा शैलेश मैनाली ।
नवल खड्काको निर्देशनमा निर्माण भएको ‘निष्ठुरी देवता’ नामक चलचित्रको ‘साइड हिरो’का रूपमा सिनेसंसारमा पाइलो राखेका शैलेशले उक्त चलचित्रमा पुलिस इन्स्पेक्टरको रोल निर्वाह गरेका छन् । निर्देशक खड्काका अनुसार पहिलो फिल्ममै शैलेशले आफ्नो अभिनय-क्षमता र काम गर्ने जुन शैली दर्शाएका छन् यसले उनको उज्ज्वल भविष्यको सङ्केत गरेको छ । यसबाहेक पचास भागको ‘अधुरो माया’ नामक टेलिसिरियलमा पनि शैलेश मुख्य भूमिकामा काम गर्दै छन् । एनटीभीबाट केही दिनपछि नै प्रसारण सुरु हुने यस सिरियलमा उनको दोहोरो भूमिका छ । नायक र खलनायक दर्ुइ दाजुभाइको भूमिकामा शैलेश एक्लैले आफ्नो खुवी पर््रदर्शन गरेका छन् । मूलतः नायकको रूपमा सिनेक्षेत्रमा जम्ने उद्देश्य बोकेका शैलेशले निगेटिभ क्यारेक्टरमा पनि उत्तिकै दर्बिलो प्रभाव छोडेको उनका सहकर्मीहरूको कथन छ ।
पुराना कलाकारमा सरोज खनाल र नया“मा राजबल्लभबाट आफू प्रभावित रहेको अभिव्यक्ति दिने शैलेश नया“ कलाकारलाई हम्मेसी निर्माताहरूले नपत्याउने नेपाली सिनेसंसारको प्रवृत्त्रि्रति दुःखेसो प्रकट गर्छन् । एक भोजपुरी सिनेमामा नायकको अफर प्राप्त गरिसकेका उनी उस्तैपरे आफैं पनि निर्माण क्षेत्रमा हात हाल्न पछिनपर्ने खुलासा गर्छन् । आशलाग्दो प्रतिभाका रूपमा उदाउन लागेका शैलेशको कदम सफलताले चुमून् ।

ठेगाना छिट्टै आउने
स्रि्रन फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको नेपाली कथानक डिजिटल चलचित्र ठेगानाको सम्पादन कार्य पूरा गरी स्वराङ्कन कार्य सुरु भएको छ । उदीयमान नायक अयुव केसी तथा नायिकाद्वय अनु शाह र सजना चौलागाईंद्वारा अभिनीत यस चलचित्रमा मिथिला शर्मा, गणेश उपे्रती, राजाराम पौडेल आदि कलाकारको बेजोड भूमिका रहेको छ ।
सामान्यतः आफ्नो चलचित्रलाई सामाजिक वा पारिवारक चलचित्र भन्न रुचाउने चलचित्रकर्मीहरूको भीडमा चलचित्र ठेगाना… – का लेखक निर्देशक रामशरण पाठकले यसलाई सांस्कृतिक चलचित्रको संज्ञा दिएका छन् । उत्तम केसीको प्रस्तुति रहेको चलचित्रमा निर्माण सुरज श्रेष्ठका साथमा गीत मनोहर गौतम, सङ्गीत जुगल डङ्गोल, छायाङ्कन सुमन तण्डुकार र नृत्यमा गोविन्द ‘प्रभात’ रहेका छन् ।