नेपाल तमाङ समाज ओमानद्वारा अनाथ बालकलाई शैक्षिक सहयोग

नेपाल तमाङ समाज ओमानद्वारा अनाथ बालकलाई शैक्षिक सहयोग


  • आरके श्रीवास्तव, ओमान

नेपाल तामाङ समाज ओमानले अनाथ बालकको लागि छात्रवृत्ति (शैक्षिक सहयोग) गरेको छ । ललितपुर महानगरपालिका वार्ड नं. २२ निवासी अनाथ बालक निस्ताप तामाङलाई उज्ज्वल भविष्यको लागि पढाइको सम्पूर्ण जिम्मेवारी समाजले लिएको हो ।

युकेजी तहमा भर्ना गरी शैक्षिक शत्र २०७८ सम्म तीन वर्षको लागि भर्ना गर्ने सहमति विद्यालयसँग गरिएको सम्बद्ध पक्षले जनाएको छ । विद्यायालयले निःशुल्क शिक्षा प्रदान गर्ने र तमाङ समाज ओमानले बालकको यातायात, खाजा, परीक्षावापतको वार्षिक शुल्क समेत ५० हजारको छात्रवृत्ति प्रदान गर्ने सहमतिमा उल्लेख छ । त्रिरत्न सहकारी माध्यमिक विद्यालय ललितपुरको सहकार्यमा बालकलाई शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ भर्ना गरिएको समाजले जनाएको हो ।

नेपाल तामाङ समाजको अध्यक्ष तेजबहादुर तामाङले अन्तर्राष्ट्रिय तामाङ परिषदको पुर्वसचिव प्रतीक ङ्यास्युर तामाङको उपस्थितिमा साउन ७ गतेका दिन शैक्षिक सहयोग स्वरूप ५० हजार नगद हस्तान्तरण गर्नुभएको नेपाल तामाङ समाज ओमानका उपाध्यक्ष विरोज लामाले बताउनुभयो ।

तामाङ समाज ओमानको दोस्रो अधिवेशनले शैक्षिक कोष खडा गरेको थियोे । उक्त कार्य योजनाअन्तर्गत समाजका पदाधिकारीहरुबाट र मन्जुश्री सम्बन्ध २८५५ औं फाल्हो सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमबाट जम्मा भएको केही रकम निस्तापको शिक्षाको लागि प्रदान गरिएको समाजका सचिव रीना तमाङले जनाएकी हुन् ।