बाग्लुङका खत्रीको जापानमा मृत्यु

बाग्लुङका खत्रीको जापानमा मृत्यु


■ श्याम क्षेत्री, नागोय (जापान)

जापानको सिजुओका केनमा एक नेपालीको आइतबार राति निधन भएको छ । बाग्लुङ गल्कोट–६ चरौँदी स्थायी घर भई विगत २३ वर्षदेखि जापानमा काम गर्दै आएका झपबहादुर खत्रीको छोटो अवधिको बिमारीपछि मृत्यु भएको हो ।

राती सुतेको अवस्थामा उनले असहज महसुस गरेको जानकारी गराएपछि सँगै रहेकी छोरी र अन्य साथीहरुले तत्काल उनलाई अस्पताल पुर्याएका थिए । अस्पतालले बिहान २ बजेर २९ मिनेटमा मृत घोषणा गरेको सिजुओकाबाट गल्कोट समाजका महासचिव कृष्ण केसीले जानकारी दिए ।

नजिकका व्यक्तिहरुले दिएको जानकारी अनुसार उनको एक हप्ता अघिदेखि नै स्वास्थ्यावस्था असहज रहेको र चेकजाँचपश्चात औषधी सेवन गरी एक हप्ता रेष्टमा रहेका थिए ।

जापानमा छोरीसहित रहँदै आएका खत्रीकी श्रीमती र छोरा नेपालमै रहेको बताइएको छ । दिवंगत खत्रीको अन्त्यष्टि बुधबार (३१ अगष्ट)का दिन गर्ने तय भएको छ।