गुल्मी घटनाप्रति दाहालद्वारा दुःख व्यक्त

गुल्मी घटनाप्रति दाहालद्वारा दुःख व्यक्त


अविरल वर्षाका कारण गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको दुई वडामा पहिरो जाँदा ११ जनाको निधन भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्तिमार्फत पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘यसप्रकारको विपद्का बेला उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न आह्वान गर्दछु, पहिरोमा परी निधन भएका परिवारलाई आवश्यक क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गर्दछु’, उनको विज्ञप्तिमा उल्लेख छ ।