सफ्ट टेनिसलाई कोर्ट हस्तान्तरण

सफ्ट टेनिसलाई कोर्ट हस्तान्तरण


सातदोबाटोमा नवनिर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले गत सोमबार आफ्नै कार्यालयमा संघका अध्यक्ष विनयविक्रम शाहलाई साँचो प्रदान गर्दै नवनिर्मित कोर्ट हस्तान्तरणको औपचारिकता पूरा गरेका हुन ।

आफ्नै कोर्ट नभएका कारण खेलाडीहरूलाई विभिन्न स्थानमा प्रशिक्षण प्रदान गर्दै आएको संघले अब आफ्नै कोर्टमा प्रशिक्षण प्रदान गर्नेछ ।