उत्तर कोरियामा स्थानीय निर्वाचनका लागि मतदान

उत्तर कोरियामा स्थानीय निर्वाचनका लागि मतदान


प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) मा आइतबार स्थानीय स्तरको जनप्रतिनिधि चयनका लागि निर्वाचन सम्पन्न भएको छ ।

प्रान्त, शहर तथा जिल्लास्तरीय नेतृत्व चयनका लागि स्थानीय समय अनुसार बिहान ९ बजेदेखि मतदान शुरू भै दिनभर मतदान भएको उत्तर कोरियाली राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले जनाएको छ । मतदानमा झण्डै ९९.९८ प्रतिशत मतदाताले सहभागिता जनाएका केसीएनएले जनाएको छ ।

निर्वाचनबाट स्थानीय सरकारका रूपमा चिनिने स्थानीय प्रशासक (गभर्नर), नगर प्रमुख तथा गाउँ प्रमुख तथा अन्य पदाधिकारीको छनोट हुनेछ ।

उत्तर कोरियाको सर्वोच्च जनसभा (सुप्रिम पिपल्स एसेम्ली) का लागि गत मार्चमा निर्वाचन भएको थियो भने यस पहिले स्थानीय निर्वाचन सन् २०१५ मा भएको थियो ।