कर वृद्धिको विरोधमा विराटनगरका व्यापारी

कर वृद्धिको विरोधमा विराटनगरका व्यापारी


विराटनगर महानगरपालिकाले व्यावसायिक करमा अत्याधिक वृद्धि गरेको भन्दै व्यापारी आइतबार विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् । पहिले तिर्दै आएको करमा ५०० प्रतिशत वृद्धि भएपछि विभिन्न सङ्घसंस्थामा आबद्ध भएका व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।

महानगरले बढाएको कर संशोधन गरी घटाउनुपर्ने माग राख्दै औषधि व्यवसायी सङ्घ, होटल तथा पर्यटन व्यवसायी र विराट व्यापार सङ्घ आन्दोलित भएका छन् । महानगरपालिकाले कर वृद्धि गरेको भन्दै आज नेपाल औषधि व्यवसायी सङ्घले विरोध ¥यालीसहित महानगरपालिकामा धर्ना दिई प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाएको थियो ।

होटल तथा पर्यटन व्यवसायीले पनि ¥यालीसहित छुट्टाछुट्टै रूपमा प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।