नेप्से करिब ४ अंकले घट्दा कसले कति गुमाए ?

नेप्से करिब ४ अंकले घट्दा कसले कति गुमाए ?


साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत खुम्चिएको छ । कुल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता सेयर २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरिद–बिक्री भए ।

स्टकका अनुसार आइतबार कारोबार भएका कुल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै सेयर वृद्धि भएको छ । त्यसमा वित्त ०.८४ र अन्य २.८३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ २.९५, होटेल १४.४८, विकास बैंक ९.२७, जलविद्युत ९.६७, निर्जीवन बिमा १३.०५, उत्पादन ३०.६, लघुवित्त ०.१, जीवन बिमा ३७.३३, सामूहिक ०.०४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. दुई करोड ६४ लाख ६१ हजार ५६९ बराबरको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु. एक करोड ५८ लाख ५६ हजार ६८५, नबिल बैंक रु. एक करोड ५३ लाख ७३ हजार ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु. एक करोड ४६ लाख ८५ हजार १४९ र प्रभु बैंकको रु. एक करोड २० लाख २५ हजार ४२८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.५० प्रतिशतले कमाउदा मल्टिपर्पोज फाइनान्स कम्पनी पाँच, माहुली सामुदायिक लघुवित्त ३.१० र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०६ प्रतिशतले कमाए । यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ताले ९.६४, दिव्यश्वरी हाइड्रोपावर ६.७५, नबिल इक्विटी फन्ड ४.०८ र नेसनल माइक्रोफाइनान्सका सेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।