नेकपा सचिवालय बैठक : ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सहइन्चार्जको टुंगो

नेकपा सचिवालय बैठक : ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सहइन्चार्जको टुंगो


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । बैठकले जिल्ला कमिटीसरहको मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाएको छ ।

टुंगो लगाएका ७७ जिल्ला तथा ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज नाम भने आजै (आइतबार) बेलुकासम्ममा सार्वजनिक गरिने बताइएको छ ।

पार्टी विभाग र आयोगको नेतृत्वको टुंगो पनि आजैको बैठकले लगाउने अपेक्षा गरिएको भए पनि सो सम्भव नभएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अर्को बैठक पर्सि मंगलबार बस्नेछ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने सो बैठकले बाँकी रहेका विभाग, आयोग, केन्द्रीय निकाय र प्रवास संगठनको एकीकरणको टुंगो लगाउने स्रोतको दाबी छ ।