उदयपुरमा जंगली च्याउ खाएर १२ जना बिरामी

उदयपुरमा जंगली च्याउ खाएर १२ जना बिरामी


जंगली च्याउ खाएर उदयपुरमा १२ जना बिरामी परेका छन् । उदयपुरका विभिन्न स्थानमा जंगली च्याउ खाएर उनीहरू बिरामी परेका हुन् ।

च्याउ खाएर बिरामी हुनेमा त्रियुगा नगरपालिका ९ राजाबासमा ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनीष र १७ वर्षीया रविना दनुवार रहेका छन् । उनीहरू एकै परिवारका हुन् ।

यसैगरी जंगली च्याउ खाएर बिरामी हुने अन्यमा कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवार, उनका छोराहरू १४ वर्षीय अनिश, ११ वर्षीय महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जंगलबाट च्याउ टिपेर टंककुमारीले पकाएर आफूसहित छोराछोरीलाई ख्वाउँदा उनीहरू पक्राउ परेका हुन् ।

जंगली च्याउ खाएर बिरामी हुने अन्यमा टंककुमारीका छिमेकीहरू २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङसमेत रहेका छन् । बिरामी उनीहरू सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।