दरबारमार्गमा टिप्परसँग स्कुटर ठोक्कियो, एकको मृत्यु

दरबारमार्गमा टिप्परसँग स्कुटर ठोक्कियो, एकको मृत्यु


काठमाडौँको दरबारमार्ग नजिकै केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किएको छ । दुर्घटनामा परी स्कुटर चालक सञ्जय ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा नेसनल अस्पतालमा मृत्यु भएको हो ।

घटना गएराति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटरको पछाडि बस्ने कलंकीका विशाल लुइँटेल घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किएको प्रहरीको भनाई छ । मृतक काठमाण्डौ बुढानीलकण्ठ बस्दै आएका थिए ।