टर्कीका कूटनीतिज्ञको इराकमा हत्या

टर्कीका कूटनीतिज्ञको इराकमा हत्या


इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुईजनाको बुधबार हत्या भएको छ । टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

प्रहरीले हतियारधारीहरूको आक्रमणमा परी टर्कीका कूटनीतिज्ञ मारिएका जनाएको हो । बताइएअनुसार आक्रमणकारीहरूले वाणिज्यदूत र वाणिज्य दूतावासका अन्य कर्मचारीहरूलाई लक्षित गर्दै अर्बिलस्थित एउटा रेष्टुरेन्टमा आक्रमण गरेका थिए ।

मारिनेमा एकजना टर्कीको वाणिज्य दूतावासमा कार्यरत कूटनीतिज्ञ र एक जना इराकी नागरिक रहेका छन् ।

टर्कीको विदेश मन्त्रालयले पनि अर्बिलस्थित वाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारीको हत्या भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अधिकारीहरूले पनि ती व्यक्तिको हत्या वाणिज्य दूतावास बाहिर गोली प्रहार गरेर भएको जनाएका छ ।