खाडीचौरमा पाँचौ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै

खाडीचौरमा पाँचौ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै


सिन्धुपाल्चोकको व्यापारिक बजार खाडीचौरमा पाँचौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुन लागेको छ । बलेफी गाउँपालिकाको आयोजनामा यही साउन ३ र ४ गते सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा जुगल बोर्डिङ चौतारा र तातोपानी तेक्वान्दो डोजाङसहित बाह्रविसे, मानेश्वारा, किस्टोन, कर्थली डोजाङका खेलाडीहरु सहभागी हुनेछन् । त्यससँगै ग्रीनल्याण्ड, खाडीचौर, जलवीरे, कुविण्डे एवम् पिपलडाँडा तेक्वान्दो डोजाङका खेलाडी समेत सहभागी हुनेछन् । ११ टिमको सहभागितामा प्रतियोगिता हुन लागेको हो ।

करिव एक सय पचास जना खेलाडीले १७ वटा विभिन्न इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगीतामा महिलाहरुले विभिन्न आठ समूहमा र परुषहरुले नौ समुहमा प्रतिस्पर्था गर्नेछन् । २० केजी तौल समुहदेखि ५० केजी तौल समुहसम्मका विभिन्न इभेन्ट हुनेछन् । प्रतियोगितामा प्रथम, दितीय र तृतीय हुने खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको पहिलो दिन खेलाडीहरुको तौल परिक्षण गरी समुह विभाजन गरिने र सोही दिन नै रेफ्री तालिम तथा कोच बैठक गरी खेलाडीहरुको टाइ सिट समेत निर्माण गरिने कार्यक्रम छ । दोस्रो दिन भने बलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीको प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन हुने जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले बताए । सोही प्रतियोगीतामा भुटानमा भएको तेक्वान्दो प्रतियोगीतामा पदक जित्न सफल जिल्लाका खेलाडीहरुका साथै प्रतियोगिता सञ्चालनको लागि सहयोग गर्ने व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिने भण्डारीले बताए ।