पौडी खेलाडीले विश्व च्याम्पियनसीपमा सहभागिता जनाउने

पौडी खेलाडीले विश्व च्याम्पियनसीपमा सहभागिता जनाउने


अठारौँ फिना विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली साउन १ गते बुधबार दक्षिण कोरियाको ग्वाङ्झु प्रस्थान गरेको छ । जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता समान २–२ पुरुष, महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने छन् ।

सहभागिता खेलाडीमा पुरुषतर्फ शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै महिलामा गौरिका सिंहले १ सय र २ सय मिटर फ्रिस्टायल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा खेल्ने छन् । गौरिका भेन लन्डनबाटै कोरिया जाने छिन् ।

टिम व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ तथा प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सातदोबाटोमा बिदाइ गरे ।