अन्तर्राष्ट्रिय कुङ्फुमा नेपाललाई ५ स्वर्ण

अन्तर्राष्ट्रिय कुङ्फुमा नेपाललाई ५ स्वर्ण


दोश्रो अन्तर्राष्ट्रिय कुङ्फु च्याम्पियनशीपमा नेपालले ५ स्वर्ण जितेको छ । नेपालले थप १ रजत पनि जितेको बूढानीलकण्ठ उमा कुङ्फु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।

सञ्जयराज पुटुवारले इगल स्टायल थाउलो तथा सान्डाको ५९ केजीमा दोहोरो स्वर्ण जिते । अयुव घिमिरेले टाइगर स्टायल थाउलो र सान्डाको ५२ केजीमा दुई स्वर्ण हात पारेका हुन् । सियान तामाङले स्नेक थाउलोमा नेपाललाई स्वर्ण दिलाए । तीनै खेलाडीले मिलेर टिम थाउलोमा थप १ रजत पनि जिते ।

टोलीलाई बूढानीलकण्ठ नगरपालिका वार्ड नं. ५ का अध्यक्ष विजय तामाङ, बूढानीलकण्ठ उमा कुङफु क्लबका अध्यक्ष दिनेश श्रेष्ठ, क्लबका प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रतियोगिता जुलाई ११ देखि १४ तारिखसम्म बंगलादेशको ढाकामा भएको थियो ।