बाढीले ढाल्यो नेपाल-भारत सीमा पिलर

बाढीले ढाल्यो नेपाल-भारत सीमा पिलर


  • नारद कोहार, कपिलवस्तु

केही दिनको अविलर वर्षासँगै आएको बाढीले कपिलवस्तुस्थित नेपाल भारत सीमा पिलर ढालेको छ । जिल्लाको विजयनगर गाउँपालिका–५ ठाकुरपुरा नजिकै नेपाल भारत सीमानामा रहेको पिलर नम्वर ५७८/७ र ५७८/१० नम्वर गरी दुई वटा पिलर तिरहीखोलाको बाढीले ढलाएको हो ।

उक्त खोलालाई भारतीय नागरिकले भने गिदुवाघाट भन्ने गरेको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी देवेन्द्र पाण्डे बताउँछन् । डिएसपी पाण्डेले भने,‘हिउँदमा उक्त खोला सुख्खा हुन्छ वर्षाममा भेल आउने गर्छ, यसपालाको भेलले ती दुई सीमा पिलर ढालेको हो ।’