जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु


चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ का ६२ वर्षीय कान्छो दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कामका लागि घरबाट सौराहा जाने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा दराईलाई मंगलबार बिहान ११ः४० बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।