प्रधानसेनापति स्वदेश फिर्ता

प्रधानसेनापति स्वदेश फिर्ता


संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्मड फोर्सले आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो Chiefs of Defence Conference मा सहभागी भई प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश झर्कनुभएको छ ।

आज (असार ३१) स्वदेश फर्कनुहुँदा प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीहरु र रक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो भने उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

भ्रमणको दौरान प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरु लगायत Department of Defense (DoD) मा US Armed Forces का Vice Chairman of the Joint Chiefs of Staff General Paul J. Selva र DoD अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा असार २३ गते मित्रराष्ट्र संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएको थियो ।