८ कार्तिक २०७७, शनिबार

आप्रवासी रोक्न ह्वाइट हाउसले अघिसाऱ्यो यस्तो नीति

  प्रकाशित मिति
३० असार २०७६, सोमबार १५:५७


ह्वाइट हाउस (अमेरिकी प्रशासन केन्द्र)ले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रवासीलाई दिइँदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ ।

कागजातविना नै अमेरिका प्रवेश गरी शरणार्थीको मान्यताका लागि पर्ने निवेदनलाई नियन्त्रण गर्ने प्रयासस्वरूप अमेरिकी ट्रम्प प्रशासनले उक्त कदम चालेको हो ।

‘संयुक्त राज्य अमेरिका एक उदार मुलुक हो तर दक्षिणको बाटो अमेरिका प्रवेश गर्ने सयौँ हजार आप्रवासीका कारण अनावश्यक दुःख तथा झन्झटको सामना गर्नु परेको महशुस भएको छ,’ अमेरिकी महान्यायाधिवक्त बिल बारद्वारा जारी वक्तव्यमा भनिएको छ ।

‘दक्षिण हुँदै अवैध रूपमा प्रवेश गर्ने आप्रबासी रोकबारे यो नियमले अमेरिकाको शरणार्थी व्यवस्थापन कानूनलाई प्रभावित पारी आर्थिक उपार्जनका लागि अमेरिका प्रवेश गर्ने गलत परिपाटीलाई नियन्त्रण गर्नेछ,’ वक्तव्यमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजा-आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग प्रमादीनाम संवत्सर श्रीशाके १९४२ शरद ऋतु नेपाल सं. ११४०, वि.सं. २०७७