नेपालको संसदीय अभ्यास र गतिविधि बुझ्दै भेनेजुएलाको प्रतिनिधिमण्डल

नेपालको संसदीय अभ्यास र गतिविधि बुझ्दै भेनेजुएलाको प्रतिनिधिमण्डल


भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधिमण्डल यतिबेला नेपाल भ्रमणमा छ । सो प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर आज (सोमबार) प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको र समाजवादको दिशातर्फ अग्रसर भइरहेको हुँदा अन्तरराष्ट्रिय मञ्चमा साझा धारणा बनाएर ऐक्यबद्धताका साथ मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको सांसद बाँस्कोटाले बताए ।

दुवै देशको आन्तरिक परिस्थिति र आगामी दिनमा सम्बन्ध विस्तार गरेर अघि बढ्ने सम्बन्धमा प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुसँग छलफल गरेको थियो ।

युवा सङ्घ नेपालको निमन्त्रणमा नेपाल भ्रमणमा आएको सो प्रतिनिधिमण्डलमा भेनेजुयलाका राष्ट्रपतिका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरालगायत सहभागी छन् ।


pic: rss