सप्तकोसी र कमला नदीको बाढीले खतराको सिमा नाघ्यो, सुरक्षित रहन अनुरोध

सप्तकोसी र कमला नदीको बाढीले खतराको सिमा नाघ्यो, सुरक्षित रहन अनुरोध


सप्तकोसी र कमला नदीको बाढीले खतराको स्तर नाघेको बाढी मापन केन्द्रले जनाएको छ ।
लगातार परेको अविरल वर्षाले साना र ठूला नदीहरुमा जलसतहको मात्रा बढेको हो ।

बाढी मापन केन्द्रका अनुसार कमला नदी–धनुषा–तितरिया बाढी मापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको छ । निरन्तर रुपमा बर्षा भइरहेकोले डुबानको संकेत बाढी मापन केन्द्रले गरेको छ । केन्द्रले आसपासका क्षेत्रमा उच्च सतर्कत अपनाउन पनि अनुरोध गरेको छ ।


शनिबार बिहानै एक सूचना जारी गर्दै केन्द्रले आज दिनभर सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको हो । केन्द्रले वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा, सिराहा जिल्लाका डुबान भइरहने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

उता, सप्तकोसी नदी चतरामा पनि पानीको बहाव बढेको छ । केन्द्रका अनुसार शनिबार बिहान ६ बजे जलसतहले सतर्कताको तह पार गरिसकेको छ । स्थानीय प्रशासनले पनि सतर्क भएर बस्न सबैमा अनुरोध गरेको छ ।