संसदीय समितिद्वारा धरहरा र रानीपोखरीको जानकारी

संसदीय समितिद्वारा धरहरा र रानीपोखरीको जानकारी


राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिका पदाधिकारीले निर्माणाधीन धरहरा र रानीपोखरीको शुक्रबार स्थलगत निरीक्षण गरेका छन् ।

सभापति तारादेवी भट्टको नेतृत्वमा गएको संसदीय टोलीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्राविधिकले हालसम्म भइरहेको कार्यप्रगति र समस्याबारे अवगत गराएका थिए ।

भूकम्प प्रतिरोधात्मक क्षमताको २२ तलाको निर्माणाधीन धरहराको लागत करीब रु तीन अर्ब आठ करोड अनुमान गरिएको छ । विसं २०७२ मा भूकम्प जाँदा धरहरा भत्कँदा ५४ जनाको ज्यान गएको थियो ।

सरकारले धरहरा सन् २०२० अक्टोबर ५ मा सम्पन्न गर्ने योजना बनाएको छ । हालसम्म रु ४८ करोड खर्च हुनाका साथै १६ प्रतिशत काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो । यस्तै काठमाडाँैको महत्वपूर्ण सम्पदाका रुपमा रहेको रानीपोखरी एक लाख ६० हजार वर्ग फिटमा फैलिएको छ । रानीपोखरीको निर्माण लागत रु २५ करोड रहेको छ । पोखरीभित्रको मन्दिरसहितको पुल निर्माण १० महीनाभित्र सम्पन्न हुने बताइएको छ ।