घाइते बनाई जापानिज नागरिकको दुई लाख लुटियो

घाइते बनाई जापानिज नागरिकको दुई लाख लुटियो


काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको दुई लाख रुपैयाँ शुक्रबार लुटिएको छ ।

डेरा गरी बसेको घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।