अविरल वर्षाका कारण सिंहदरबारको पर्खाल ढल्यो

अविरल वर्षाका कारण सिंहदरबारको पर्खाल ढल्यो


दुई दिनदेखिको अविरल वर्षाका कारण सिंहदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ ।

शुक्रबार बिहान ११ बजेतिर सो पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा सो क्षेत्रबाट चल्ने सवारी आवागमन केही समय प्रभावित भएको थियो ।

पर्खाल भत्किएपछि सडकमा पुगेको पर्खाल नेपाली सेना र प्रहरी मिलेर पन्छाएपछि करिब एक घन्टापछि सवारी आवागमन सञ्चालनमा आएको थियो ।