हरिशयनी एकादशीको अवसरमा मन्दिरलाई फूल-गमला

हरिशयनी एकादशीको अवसरमा मन्दिरलाई फूल-गमला


हिमालय क्लब पोखरा–१६ बाटुलेचौरले हरिशयनी एकादशीको उपलक्ष्यमा पोखरा–१६ भित्रका ८ वटा मन्दिरमा फूल गमला प्रदान गरेको छ ।

स्थानीय राधाकृष्ण मन्दिरमा फूल एवं तुलसी रोपी प्रारम्भ गरिएको कार्यक्रमअन्तर्गत महेन्द्रगुफामा रहेको शिव मन्दिर, अम्बिका टोलमा रहेको अम्बिका मन्दिर, मैदनामा रहेका कालिका मन्दिर एवं गणेश मन्दिर, बडहरबोटमा रहेको शिव मन्दिर, चण्डिकाटोलमा रहेको चण्डिका मन्दिर र लामाचौरमा रहेको सरस्वती मन्दिरमा फूल एवं तुलसी रोपिएको थियो ।

हिमालय क्लवका अध्यक्ष मोहन थापाले हिन्दु धर्मको संरक्षणका लागि क्लवले मन्दिरहरुमा फूल एवं गमला प्रदान गरेको भन्दै आगामी दिनमा आमा समूह एवं वडाका सबै संस्थाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा पण्डित कुलप्रसाद भट्टराई, क्लवका सल्लाहकार ताराप्रसाद तिमिल्सिना, खिमलाल अधिकारी, जीतबहादुर खड्का, दिलबहादुर बस्नेत, कुमार श्रेष्ठ, केभसिटी पर्यटन सहकारीका उपाध्यक्ष नरनाथ भट्टराई, बडहरबोट आमा समूहका अध्यक्ष शारदा देवकोटा, मानव अधिकारका लागि महिला एकल महिला समूह पोखरा १६ का अध्यक्ष दुर्गा केसी थापा क्लवका कार्यसमिति सदस्यहरु तुलबहदुर बस्न्ेत, लक्ष्मी श्रेष्ठ, पुष्पराज अधिकारी, लक्ष्मी तिमिल्सिना, यम कार्की, जिल्ला समन्वय समितिका सदस्य गुमादेवी अधिकारी गौतम, क्लवका कोषाध्यक्ष शिवराज देवकोटा लगायतकाले फूल एवं तुलसी रोपेका थिए ।

क्लबका कार्यसमितिका सदस्य प्रकाश भट्टराईको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी पोखरा १६ मा रहेका स्वर्गिय झलकमा न गन्धर्वको शालिक परिसरमा दुईवटा बेगनबेली फूल समेत प्रदान गरिएकाको क्लबका सचिव प्रकाश थापाले जानकारी गराएका छन् ।