आठ लाख घुससहित बिचौलियाका साथ समातिए उपकुलपति रौनियार

आठ लाख घुससहित बिचौलियाका साथ समातिए उपकुलपति रौनियार


भवन निर्माणको ठेक्कावापत आठ लाख कमिसन असुल्ने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति अख्तियार दुरुपयोग अनुसन्धान विभागबाट खटिएको टोलीबाट सप्रमाण पक्राउ परेका छन् ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार र प्रतिष्ठानकै डा. रामहरि रौनियार घुस रकमसहित बहीबार साँझ पक्राउ परेका हुन् ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनबापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनीहरूलाई घूस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट घुसको रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

ठेक्कावापत कमिसन दिनका लागि उपकुलपति रौनियारले ठेकेदारलाई पटक–पटक दबाब दिँदै आएका र प्रतिष्ठानका रामहरि रौनियारले त्यसका लागि बिचौलियाको भूमिका निर्वाह गर्दै आएका बताइएको छ ।