१२ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

१२ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले आज १२ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारले गर्ने विकास निमार्णका लागि आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

आज विहीबार निष्काशन हुने विकास ऋणपत्र २०८१ ‘ग’ नाम दिइएको छ । ५ वर्ष अवधिका लािग विक्री गर्न लागेको उक्ता ऋणपत्र खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार न्यूनतम ५ ० हाजर र बढीमा निश्कासन गर्न लागिएको रकम सम्म आवेदन दिन सक्ने छन् । ऋणपत्र असार २७ गते निष्काशन हुनेछ भने २०८१ असार २७ गते साँवा भुक्तानी हुनेछ ।

ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने समेत राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले पाँच दिनमा ट्रेजरी बिल र विकास ऋणपत्र मार्फत ४१ अर्ब रुपैयाँ सरकारका लागि आन्तरिक ऋण उठाउन लागेको छ । सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष लिएको थियो ।