ट्रम्पसँगको विवादपछि राजदूतले गरे राजीनामा

ट्रम्पसँगको विवादपछि राजदूतले गरे राजीनामा


अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको उनले बुधबार जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र किमबीच विवाद शुरु भएको थियो ।

बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामापत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिनुपरेको उल्लेख गरेका एएफपीले जनाएको छ ।

सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन आफूले पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको पनि एनले राजीनामापत्रमा उल्लेख गगरेका छन् ।

‘मैले मेरो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भव जस्तै देखिएको छ, त्यसैले मैले पदीय जिम्मेबारी त्याग्ने निर्णय गरेको छु,’ ड्यारोकले भनेका छन् ।

बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वास लागेको पनि उनले जनाएको छन् ।

ड्यारोकको राजीनामाका बारेमा प्रधानमन्त्री थेरेसा मेद्वारा संसदमा जानकारी गराइएको र राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै प्रधानमन्त्रीले धन्यवादसमेत दिएकी छन् ।

ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए । यसपछि विवाद बढ्दै गएको थियो ।