श्रीमान छविबाटै शिल्पा असुरक्षित !

श्रीमान छविबाटै शिल्पा असुरक्षित !


अभिनेत्री शिल्पा पोखरेल र उनका श्रीमान छवि ओझाबीच पछिल्लो समय सम्बन्धमा खटपट बढेको छ । श्रीमती शिल्पा श्रीमान छविबाटै असुरक्षित रहेको भन्दै उजुरी लिएर प्रहरीकहाँ पुगेपछि उनीहरूबीचको खटपट सतहमा आएको हो ।

शिल्पाको उजुरीबारे बुझ्ने प्रयास भइरहेको र त्यसका लागि दुवै पक्षलाई बोलाइएको प्रहरीले बताएको छ ।

आफूभन्दा दोब्बरभन्दा बढी उमेरका छविसँग चौथो श्रीमतीको रूपमा शिल्पाले ०७३ को दशैँमा विवाह गरेकी थिइन् । शिल्पासँग विवाह गर्नुअघि नेपाली चलचित्रकी चर्चित तथा व्यस्त नायिका रेखा थापा छविकी तेस्रो श्रीमती रहेकी थिइन् । रेखासँग विवाह गर्नुअघि छविले दुईवटा विवाह गरे पनि उनीहरूसँग उनको घरजम टिक्न सकेको थिएन ।

आफूसँग विवाह गरेपछि छविले शिल्पालाई ‘लज्जा’बाट चलचित्र क्षेत्रमा डेब्यु गराएका थिए । त्यसअघि शिल्पा म्युजिक भिडियोमा काम गरिरहेकी थिइन् । लज्जापछि शिल्पाले श्रीमान छविकै ‘हवलदार सुन्तली’ र ‘मंगलम’ चलचित्रमा काम गरेकी छिन् ।