अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्ने

अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्ने


अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले सामुदायिक केन्द्र निर्माण गर्ने भएका छन् । न्यू साउथ वेल्सको कम्बरल्याण्डमा केन्द्रको भवन निर्माण गर्न लागिएको छ । नेपालीहरूको सामाजिक काम, जमघट, चाडपर्व आदिका लागि केन्द्र बनाउन लागिएको केन्द्रका निर्देशक गोवा कटुवालले जानकारी दिएका हुन् ।

पेगोडा शैलीमा बन्ने दुई हजार पाँच सय वर्गमिटर ओगट्ने तीनतले सो भवनका लागि चालीस लाख अष्ट्रेलियाली डलर लाग्ने बताइएको छ । भवन परिसरमा पशुपतिनाथ र लुम्बिनीको प्रतिकृति पनि राखिने बताइएको छ ।

सन् २०२० भित्र बन्ने सो भवनमा सबै नेपालीको स्वामित्व रहने गरी शेयर वितरण पनि हुने कटुवाललाई उद्धृत गर्दै राससले जनाएको छ । यसलाई कम्पनी लिमिटेडका रूपमा सञ्चालन गरिने छ । भवन निर्माणको स्वीकृतिका लागि स्थानीय प्रशासनमा प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ ।