ब्रिटिस एअरवेजलाई २३ करोड डलर जरिवाना

ब्रिटिस एअरवेजलाई २३ करोड डलर जरिवाना


बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउन्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमान कम्पनीको मातृ समूह ‘इन्टरनेसनल एअरलाइन्स ग्रुप’ (आईएजी) ले सोमबार जनाएको छ ।

कम्प्युटरका घुसपैठ (ह्याकर)हरूले गत वर्ष विमानका लाखौँ यात्रुको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानुनविपरीत काम गरेको अभियोग लागेको हो ।

आईएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको तथ्याङ्क संरक्षण ऐनअनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउन्ड स्टर्लिङको जरिवाना गरिएको छ ।’

आईएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खुद मुनाफाको १.५ प्रतिशतबराबर हो ।