आगरामा बस नालीमा खस्दा २९ को मृत्यु

आगरामा बस नालीमा खस्दा २९ को मृत्यु


सोमबार बिहान भारतमा यात्रुबस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । भारत उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना हुँदा अन्य १८ जना घाइते भएका छन् । यमुना एक्सप्रेसको सो बस सडकछेउको नालीमा परेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका २९ जनाकै शव नालीबाट निकालिएको छ । लखनउबाट दिल्लीका लागि छुटेको सो यमुना एक्सप्रेसको बस अनियन्त्रित भएर नालीमा खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा एक डेढ वर्षकी बालिका, एक किशोरी र २७ जना वयस्क रहेका छन् ।