काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै


आजबाट नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु हुँदै छ । बैठक अहिले बिहान ११ बजेदेखि बस्न लागिएको हो ।

पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा मुलुकका जल्दाबल्दा विषय र सरकारका गलत क्रियाकलापका बारेमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, पार्टीका संरचना निर्माण, भातृसंस्थाहरुको अधिवेशन, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान लगायतका विषयमा छलफल केन्द्रीत रहने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

आजको बैठकमा पार्टीको संशोधित विधानअनुसारको नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको पार्टी कार्यालयले जनाएको छ । यसका लागि केन्द्रीय समितिको बैठक बस्नुअघि दुवै पक्षका नेताहरूले आ–आफ्नो तयारी गरेको बुझिएको छ ।

पार्टीको संरचना सहमतिका आधारमा निर्माण गर्ने पक्षमा देउवापक्ष रहे पनि निर्वाचनको पक्षमा भने पौडेल पक्ष उभिएको छ । देउवा र पौडेल पक्षबीच ६० र ४० को अवधारणाअनुसार संरचना निर्माणको विषयमा छलफल हुँदै आए पनि सहमति भने नभएको नेताहरुले बताएका छन् ।

प्रवक्ता शर्माले बैठक केही दिन लम्बिने बताएका छन् । उनका अनुसार केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राख्ने क्रम कम्तीमा ४–५ दिनसम्म चल्नेछ ।