पाल्पाली परिवार ओमानको भव्य भेटघाट

पाल्पाली परिवार ओमानको भव्य भेटघाट


■ आरके श्रीवास्तव, ओमान

पाल्पाली परिवार ओमानको भेटघाट तथा पत्रकार सम्मेलन उल्लासमय रुपमा सम्पन्न भएको छ । ५ जुलाई २०१९ शुक्रबारका दिन राजधानी मस्कटस्थित रेड टोमैटो रेस्टुरेन्ट, रूबीमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली राजदूतावास मस्कट ओमानका श्रमसहचारी कृष्ण गौलीले दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

‘पहाडकी रानी रानीमहल भएको ठाउँ पाल्पालाई ओमानमा चिनाऔँ’ भन्ने नाराका साथ १ जनवरी २०१९ का दिन स्थापना भएको पाल्पाली परिवार ओमानले औपचारिक रूपमा ओमानमा संस्थालाई यसै कार्यक्रममार्फत् सुचारू गरेको हो ।

पाल्पाली परिवार ओमानका अध्यक्ष गणेशप्रसाद पाण्डेको सभापतित्व र राजदूतावासका श्रमसहचारी कृष्ण गौलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन परिवारका प्रवक्ता हरिप्रसाद न्यौपाने र सचिव कमल पराजुलीले गर्नुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिका रूपमा गैरआवासीय नेपाली सोसल क्लब ओमानका उपाध्यक्ष विकल झा र तोलाकान्त भट्टराई हुनुहुन्थ्यो भने विशिष्ट अतिथि भट्टराईले नयाँ समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

सो अवसरमा ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, नेपाली समाज ओमानका अध्यक्ष जीवन ढुङ्गाना, गुल्मी सेवा समाज ओमानका अध्यक्ष दुर्गाप्रसाद ढकाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमानका अध्यक्ष सुशील पुन बिरही, नेपाली जनसम्पर्क समिति ओमानका अध्यक्ष शालिकग्राम चापागाईं , प्रवासी नेपाली मञ्च ओमानका सोम श्रेष्ठ, नेपाली महिला समूह ओमानकी गोमा थापासहित ६५ जना नेपालीहरू र ओमानमा रहेका पत्रकारहरूको सहभागिता रहेको पाल्पाली परिवार ओमानका सचिव कमल पराजुलीले जानकारी गराउनुभएको हो ।

पाल्पाको प्रमुख पर्यटकीय क्षेत्र पहिचान गरेर पाल्पालाई पर्यटकको प्रमुख गन्तव्य बनाउने, ओमानमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एकजुट गराई सुखदुःखमा हातेमालो गर्दै राजनीतिक वातावरणदेखि टाढा रहेर निःस्वार्थ भावनाले एकअर्कालाई सहयोग गर्ने, ओमानमा रहेका नेपाली कामदारहरूको हकहितका लागि निरन्तर सफल र सक्दो प्रयास गर्ने, पाल्पाली कला संस्कृति (रानी महल, करूवा, पाल्पाली ढाका) लाई विश्वसामु चिनाउने उद्देश्यका साथ पाल्पाली परिवार ओमान गठन भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले शुभकामना मन्तव्य राख्दै पाल्पाली परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धताका साथ अगामी दिनमा राम्रा कामहरू गर्ने विश्वाससहित शुभकामना दिएका थिए ।

सो कार्यक्रमसँगै यसअघि नै गठित ११ सदस्यीय पाल्पाली परिवारले औपचारिकता पाएको बताइयो । उक्त नयाँ कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको नामावली यसप्रकार रहेको छ-

अध्यक्ष : गणेशप्रसाद पाण्डे
उपाध्यक्ष : नारायण खनाल
महासचिव : यज्ञ पराजुली
सचिव : कमल पराजुली
सहसचिव : संदिप भण्डारी
कोषाध्यक्ष : शिव गैह्रे
सहकोषाध्यक्ष : प्रकाश भट्टराई
महिला विभाग प्रमुख : सावित्रा पोखरेल पाण्डे

सदस्यहरू :

देव बराल
शिव डुंग्रे
पदम कोइराला

सांस्कृतिक विभाग प्रमुख : मीनबहादुर थापा
ओम प्रकाश न्यौपाने
खेलकुद विभाग प्रमुख : भेषराज भट्टराई
अनुशासन विभाग प्रमुख : बाबुराम बस्याल

प्रमुख सल्लाहकारहरू :

कृष्णप्रसाद भट्टराई
नेत्र भण्डारी
माधव अधिकारी
राजु अधिकारी