किन गरे राहुल गान्धीले ट्विटर प्रोफाइल परिवर्तन ?

किन गरे राहुल गान्धीले ट्विटर प्रोफाइल परिवर्तन ?


भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षबाट राजीनामा दिएका राहुल गान्धीले आफ्नो ट्विटर प्रोफाइल परिवर्तन गरेका छन् । उनले आफ्नो ट्विटर प्रोफाइलमा यसअघि ‘भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष’ रहेकोमा अध्यक्ष पदबाट राजीनामा दिएपछि त्यसमा संशोधन गरी हिजो (बुधबार)देखि भारतीय राष्ट्रिय कंग्रेसको सदस्य उल्लेख गरेका छन् ।

उनको ट्विटर ‘अकाउन्ट’मा ‘यो राहुल गान्धीको आधिकारिक ‘अकाउन्ट’ हो भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय कंग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ । उनले केही दिनअघि मात्र आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताएका थिए । उनले चाँडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा कंग्रेस अधिकांश ठाउँमा पराजय भएपछि उनले त्यतिबेलै राजीनामाको घोषणा गरेका थिए । तर, राहुलको राजीनामा अझै स्वीकृत भइसकेको छैन । कतिपय नेताले उनलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह गर्दै आएका छन् ।

यता राहुलले भने आफूले राजीनामा दिएलगत्तै आफ्नो ट्विटर अकाउन्टमा परिवर्तन गरिसकेका छन् । यसकारण पनि राहुल अब पुनः अध्यक्षका रूपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरूको भनाइ छ ।