झडपमा ६ सुरक्षा अधिकारीसहित ४१ को मृत्यु

झडपमा ६ सुरक्षा अधिकारीसहित ४१ को मृत्यु


अफगानिस्तानको मध्यभागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी ६ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकुको मृत्यु भएको प्रान्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताएका छन् ।

तालिबान लडाकु समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिए । सोमबार रातिबाट शुरु भएको यो झडप मंगलबार बिहानसम्म जारी रहेको थियो । सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीको क्रममा ३५ लडाकु मारिनुको साथै अन्य दर्जनौँ घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

यस झडपको क्रममा एक सैनिक अधिकारीसहित ६ सुरक्षा अधिकारीले ज्यान गुमाएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकु समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

सिन्ह्वा