वेइमान राजधानी

वेइमान राजधानी


■ विनोद नेपाल

आश्वासन बाँड्छ,
पूरा गर्दैन,
भरोसा दिलाउँछ,
सुनुवाई गर्दैन
बरु,
आश्चर्य छ,
सहजै लाज पचाउँछ ।
बानी लागेको छ ढाँट्न,
अभ्यस्त बनेको छ झुक्याउन,
अग्रसर हुन्छ लोभ्याउन,
थाहा छैन कि खै यसलाई ?
यसै गर्दा–गर्दा ऊ कति बदनाम भइरहेको छ,
थाहा छैन कि उसलाई कति विवादमा परेको छ
किनकि,
राजधानी हुनुको दम्भमा हराएको छ ।
जे भन्दैन त्यो गर्छ
जे गर्दैन त्यो भन्छ,
ठूलाठालु रिझाउँछ,
साना कज्याउँछ
अर्थात्,
विभेदमा रमाउँछ
अनौठो छ यो राजधानी
बुझिनसक्नु छ,
वास्तवमा
राजधानी ‘बेइमान’ छ ।

– पोखराथोक, पाल्पा ।