विश्व खेलकुद दिवसको अवसरमा केपीकेएसमा खेलकुद

विश्व खेलकुद दिवसको अवसरमा केपीकेएसमा खेलकुद


प्रज्ञा कुञ्ज स्कुल (केपीकेएस)ले विश्व खेलकुद दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलकुद दिवस मनाएको छ । स्कुलमा खेलकुद दिवसको अवसरमा फुटसल, बास्केटबल, टेबलटेनिस, कबड्डी, बुद्धिचाल, खोखो र बागचाल खेलहरु आयोजना गरेको थियो ।

फुटसलअन्तर्गत छात्र जुनियरतर्फ निलो सदनले स्वर्ण जित्यो भने सिनियरमा रातो सदनले उपाधि हात पा¥यो । त्यस्तै छात्रा बास्केटबलमा निलो सदनले उपाधि हात पार्दा छात्रतर्फ रातो सदन च्याम्पियन बन्यो ।

त्यस्तै स–साना बालबालिकालाई पनि सहभागिता गराउने उद्देश्यले मनोञ्जन दौडको रुपमा रिङ दौडको पनि आयोजना गरिएको आयोजक स्कुलका खेलकुद प्रमुख श्याम तामाङले जानकारी गराए ।

एक दिने प्रतियोगिताका बिजेता खेलाडीलाई काठमाण्डौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धु्रव न्यौपाने, स्कुलकी संस्थापक प्रिन्सिपल सुनिता पौडेललगायतले पुरस्कृत गरेका थिए ।