श्रीलंकालाई सेमिफाइनलमा रोक्ने प्रयासमा वेष्टइन्डिज

श्रीलंकालाई सेमिफाइनलमा रोक्ने प्रयासमा वेष्टइन्डिज


आईसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज (असार १६ गते) वेष्टइन्डिज र श्रीलंकाबीच खेल हुँदैछ । श्रीलंका सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ आज मैदानमा उत्रिने छ । लिग चरणको खेलमा आयोजक तथा विश्वकपको प्रमुख दाबेदार इंग्ल्यान्डलाई पराजित गरेर श्रीलंकाले सनसनी फैलाएको थियो ।

यतिबेला निकै आत्मविश्वासी बनेको छ श्रीलंका । तर अहिलेसम्म एउटा खेल मात्र जितेको वेष्टइंन्डिज आफ्नो छवि सुधार्न निकै आक्रमण रुपमा उत्रिने छ । यतिबेला अंक तालिकामा नवौं स्थानमा रहेको वेष्ट इन्डिज यो विश्वकपवाट वाहिरि सकेको छ । उसलाई यतिबेला जीत हारले केहि फरक पार्ने छैन ।

यी दुवै टीमले अहिलेसम्म ५६ पटक एकदिवसीय क्रिकेट प्रतियोगिता भिडन्त गरेका छन् । जस्मा श्रीलंकाले २५ र वेष्ट इन्डिजले २८ पटक जित हासिल गरेका छन् ।