आज राष्ट्रिय धान दिवस, बार्षिक १५ टन धान आयात गर्नुपर्ने बाध्यता

आज राष्ट्रिय धान दिवस, बार्षिक १५ टन धान आयात गर्नुपर्ने बाध्यता


आज असार १५ अर्थात धान दिवस । हरेक बर्ष सरकारले तामझामका साथ धान दिवस मनाउँछ तर बर्ष दिनलाई पुग्ने धान पनि नेपालमा उत्पादन हुँदैन् ।


आज राष्ट्रिय धान दिवस धेरै जिल्लामा रोपाई गरेर र हिलो खेलेर मनाइएको छ । सबैजसो जिल्लाका किसानहरुले पनि धान फलाउने उद्देश्यले रोपाईं गरेका छन् । यसै क्रममा बालबालिकादेखि युवा युवतीहरुले पनि हिलो खेलेर असार १५ धुमधामका साथ मनाइरहेका छन् ।


सरकारले काठमाडौंको खुमलटारमा एक कार्यक्रमको आयोजना गरेर धान दिवस मनाएको हो ।

यसबर्षको धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्युनीकरण ।’ रहेको छ । तर यसको ठिक उल्टो छ नेपालमा । किसानहरु आधुनिक भन्दा पनि परम्परागत शैलीमै रोपाई गर्न बाध्य छन् ।

सरकारी तथ्यांक अनुसार नेपालमा बार्षिक प्रतिव्यक्ति चामलको खपत १३८ केजी छ । नेपालको जनसंख्यालाई एक वर्षमा ४७.३ लाख टन चामल आवश्यक पर्ने भएपनि यो मात्रा अपुग छ । यसको माग पूरा गर्न बर्षेनी नेपालमा १५ टन बढि चामल आयात गर्नुपर्ने बाध्यता छ ।