सेमीफाइनलमा पुग्न भारतलाई हराउनैपर्ने इंग्ल्यान्डको बाध्यता

सेमीफाइनलमा पुग्न भारतलाई हराउनैपर्ने इंग्ल्यान्डको बाध्यता


आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज (असार १५) आयोजक इंग्ल्यान्ड र भारतबीच खेल हुँदैछ । बर्किङ्घमको एजबेस्टन मैदानमा हुने उक्त खेल इंग्ल्यान्डको लागि ‘गर कि मर’को अवस्थामा रहेको छ । आफ्नो सात खेलमा आठ अङ्क मात्र जोडेको इंग्ल्यान्डका लागि यो खेल जित्नैपर्ने परिस्थिति छ ।

यता ६ खेलमा ५ खेल विजय र एक खेलमा बराबरी खेलेको भारत अंक तालिकामा ११ अङ्क जोड्दै तेस्रो स्थानमा छ । अहिलेसम्म अपराजित रहेको भारतलाई पराजित गर्न सके मात्र इंग्ल्यान्डको सेमिफाइनलको ढोका खुल्नेछ ।

यतिबेला चार खेलमा जितसहित अङ्क तालिका चौथो स्थानमा रहेको पाकिस्तानलाई अन्तिम खेलमा बंगलादेशलाई जित्नु आवश्यक छ । आज भारतले इंग्ल्यान्डलाई पराजित गरे पाकिस्तानको लागि सेमिफाइनलमा पुग्न सहज हुनेछ ।