पाकिस्तानको संघर्षपूर्ण विजय, सेमिफाइनलमा आशा जीवितै

पाकिस्तानको संघर्षपूर्ण विजय, सेमिफाइनलमा आशा जीवितै


विश्वकप क्रिकेट २०१९ अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीच भएको रोमान्चकारी खेलमा पाकिस्तान विजयी भएको छ । पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो । यो जितसँगै पाकिस्तानले आठ खेलमा ९ अङ्क बटुल्दै सेमिफाइनलमा पुग्ने सम्भावनालाई जीवित राखेको छ ।

अब पाकिस्तानले आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न बंगलादेशलाई पराजित गर्नुपर्ने बाध्यता छ । त्यस्तै, यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको बंगलादेशले पाकिस्तानलाई चुनौती दिने पक्का छ ।

टस जितेर पहिलो व्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । अफगानिस्तानको तर्फबाट असगर अफगान र नजीरबुल्लाह जादरानले ४२–४२ रनको पारी खेलका थिए ।

त्यस्तै २ सय २८ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रिएको पाकिस्तानले यो लक्ष्य ४९.३ ओभरमा भेट्टाएको थियो । एक समय चाँडै ६ विकेट गुुमाएर म्याच गुमाइसकेको अवस्थामा पुगेको पाकिस्तानलाई इमाद बसीमले नटआउट ४९ रनको पारी खेल्दै विजयी बनाएका थिए । इमादको यही उत्कृष्ण प्रर्दशनका कारण म्यान अफ दि म्याच बनेका थिए ।