एनआरएन ओमानको पाँचौ महाधिवेशन सम्पन्न

एनआरएन ओमानको पाँचौ महाधिवेशन सम्पन्न


■ आरके श्रीवास्तव, ओमान

गैरआवासीय नेपाली सोसल क्लब ओमानको पाँचौ महाधिवेशन सम्पन्न भएको छ । शुक्रबार (२८ जुन २०१९) का ओमानको राजधानी मस्कटस्थित अल फलाज होटल दार्सेटमा सम्पन्न अधिवेशनबाट सेवन्त पुर्जा पुनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ । क्लबको प्रमुख संरक्षकमा दिपक श्रेष्ठ र आइसीसी सदस्यमा अजय यादव चयन भएका छन् ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनले सर्वसहमत रूपमा नेतृत्व चयन गर्ने परम्परालाई निरन्तरता दिएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डीबी क्षेत्री, गल्फ संयोजक आरके शर्मा, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन मध्यपूर्व सहसंयोजक प्रवीन गुुरुङ र गोपाल कँडेल, एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, एनआरएन बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठसहित विश्वभरिका एनआरएन अगुवाहरुको सहभागिता रहेका थियो ।

महाधिवेशनमा सहभागीहरुले नयाँ कार्य समितिलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए । हिजो आयोजित कार्यक्रममा एक समारोहका बीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नवगठित समितिलाई सपथग्रहण गराएका थिए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशन नजिकिँदै जाँदा एनआरएन (एनसिसी) ओमानको पाँचौ ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०१९ सम्पन्न भएको हो । एनआरएनएको अधिवेशन हुने ८० देश मध्ये ओमान दोश्रो रहेको छ । स्मरणीय छ, २८ डिसेम्बर २००९ मा स्थापना भएको एनआरएनए ओमान २७ फेब्रुअरी २०१७ मा ओमानमा विधिवत रुपमा दर्ता भएपछि एनआरएन सोसल क्लबको रुपमा कार्यरत रहेको छ । यस अवसरमा ओमानमा क्रियाशील संघ संस्थाका प्रतिनिधिसहित सयौं नेपालीहरूको सहभागिता रहेको गैरआवासीय सोसल क्लब ओमानले जनाएको हो ।

११ देशका प्रतिनिधिहरू सम्मिलित अधिवेशनबाट अगामी दुईवर्षे कार्यकाल (२०१९-२०२१) सम्मका लागि नयाँ कार्यसमिति चयन भएको नवनियुक्त अध्यक्ष सेवन्त पुर्जा पुनले जानकारी गराएका हुन् ।

नवगठित कार्यसमितिको नामावली यस प्रकार रहेको छ-

अध्यक्ष- सेवन्त पुर्जा पुन
प्रथम उपाध्यक्ष- पुर्णबहादुर श्रेष्ठ
द्वित्तीय उपाध्यक्ष- विकल झा
महासचिव- रविन शिल्पकार
सचिव- भरत अधिकारी
कोषाध्यक्ष- महेश चौधरी
सहकोषाध्यक्ष- रामहरी गिरी
प्रवक्ता- रामकुमार तामाङ
युवा संयोजक- फुर्वा लामा
महिला संयोजक- रुपा कार्की

सदस्यहरु :

टेकाराम विश्वकर्मा
ललित बास्तोला
लक्ष्मीप्रसाद कोइराला
कुलबहादुर श्रेष्ठ
महेन्द्र तिवारी
रामथोकर तामाङ
सुरेश खडका
सुनु तामाङ
नरेन्द्र बराल
अर्जुनप्रसाद पौडेल
सुसन श्रेष्ठ