जगजित सिंहको ‘संयोग’मा यसरी छाए रिवाज र सिजल

जगजित सिंहको ‘संयोग’मा यसरी छाए रिवाज र सिजल


एकैछिनको संयोग पनि मिठो हुँदोरै’छ
एकैछिन भेटे पनि माया बढ्दोरै’छ…

सुविख्यात भारतीय गजल गायक जगजित सिंहको सुमधुर आवाजमा गाइएको एक नेपाली गीतको बोल हो यो । ‘संयोग’ नामबाट चर्चित यो गीत केही वर्षअघि नै रेकर्ड भए पनि यस गीतको भिडियो छायाङ्कन हालै मात्र भएको छ भने उक्त भिडियो सार्वजनिक गरिएको छ ।

राजेश विसुरालको प्रस्तुति रहेको संयोगको भिडियोमा प्रतिभाशाली बाल–कलाकार रिवाज विसुराल र सिजल उप्रेतीलाई फिचर्ड गरिएको छ । फिरज अर्पनको छायाङ्कन तथा सम्पादन रहेको भिडियोमा रिवाज र सिजलले उत्कृष्ट प्रस्तुति दिएका छन् ।

जेबी संयोगीद्वारा रचित ‘संयोग’मा चर्चित सङ्गीतकार आलोक श्रीको सङ्गीत रहेको छ भने गीतको एरेन्जर अमूल कार्की हुन् । भिडियोका निर्देशक गणेश शाही हुन् ।