वेष्टइन्डिजलाई जित्नैपर्ने बाध्यता

वेष्टइन्डिजलाई जित्नैपर्ने बाध्यता


आईसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज (असार १२) भारत र वेष्टइन्डिजबीच भिडन्त हुँदैछ । आजको खेल ओल्ड टे«फर्ड मैदानमा हुँदैछ । आजको खेलमा भारतले टस जितेर व्याटिङ रोजेको छ ।

उत्कृष्ट प्रदर्शनका बाबजुद पनि विजय हासिल गर्न नसकेको वेष्टइन्डिज यो विश्वकपमा अपराजित भारतीय टीमसँग भिड्दैछ । अहिलेसम्म खेलका खेलमा वेष्टइन्डिजले एक खेलमा मात्र विजय हासिल गरेको छ भने भारतले चारमा ।

तुलनात्मक दृष्टिकोणले भारत वेष्टइन्डिजभन्दा निकै बलियो देखिए पनि आजको खेलमा वेष्टइन्डिजले कडा चुनौती दिने अनुमान गरिएको छ । आजको खेलमा वेष्टइन्डिज विजय नभए प्रतियोगिताबाट बाहिरिने छ ।