अन्तिम चारमा पुग्ने पाकिस्तानको आशा जीवितै

अन्तिम चारमा पुग्ने पाकिस्तानको आशा जीवितै


विश्वकप क्रिकेट २०१९ अन्तर्गत न्युजील्यान्ड र पाकिस्तानबीच भएको खेलमा पाकिस्तानले विजय हासिल गरेको छ । पाकिस्तानले यो विश्वकपकै अपराजित टीम न्युजील्यान्डलाई ६ विकेटले पराजित गरेर अन्तिम चारमा पुग्ने आशालाई जीवित नै राखेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको न्युजील्यान्डले निर्धारित ५० ओभरमा २ सय ३७ रन बनाएको थियो । पाकिस्तानले उत्कृष्ट बलिङ गरेपछि न्युजील्यान्डले ४८ रनमा ४ विकेट गुमाएको थियो । चाँडै ४ विकेट गुमाएको न्युजील्यान्ड त्यसपछि २ सय ३७ रनमा समेटिएको थियो ।

२ सय ३८ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रिएको पाकिस्तानको शुभारम्भ राम्रो नभए पनि मध्यक्रमका व्याट्सम्यान बाबर आजम र हैरि सोहेलले उत्कृष्ट व्याटिङको प्रदर्शन गर्दै पाकिस्तानलाई विजयी बनाएका थिए । उक्त खेलमा बाबरले १ सय १ र सोहेलले ६८ रन बनाएका थिए ।