रग्वीमा सरस्वती र लक्ष्मीपुरलाई उपाधि

रग्वीमा सरस्वती र लक्ष्मीपुरलाई उपाधि


सरस्वती र लक्ष्मीपुर स्कुलले टोखा नगरपालिकास्तरीय प्रथम मेयर कप अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत रग्वी खेलको उपाधि जितेका छन् ।

भुतखेल मैदानमा असार ११ गते बुधबार आयोजना भएको पुरुषतर्फको फाइनल खेलमा सरस्वतीले ओडिसीलाई १–० को स्कोरमा पराजित गरेको हो । सरस्वतीको जितमा विराज राईले एक ट्राई गरेका थिए ।

महिलातर्फको खेलममा निर्धारित समयमा कुनै स्कोर हुन नसके पछि बल ट्रपका आधारमा लक्ष्मीपुरले प्यारामाउण्डलाई पराजित गदै उपाधि चुम्यो । तेश्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ लक्ष्मीपुर र महिलातर्फ सरस्वतीले बाजी मारे ।

प्रतियोगिताको बिजेतालाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, आयोजक टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोललगायतले पुरस्कृत गरेका थिए । टोखा नगरपालिकाले ५० स्कुल समावेश गराएर एथलेटिक्स, फुटसल, ब्याडमिन्टन र रग्वी खेल समावेश गरिएको थियो ।