चारबुँदे सहमतिसँगै ‘गलबन्दी’को विवाद समाप्त

चारबुँदे सहमतिसँगै ‘गलबन्दी’को विवाद समाप्त


प्रकाश सपुत र शम्भु राईबीच विवादमा रहेको चर्चित गीत ‘गलबन्दी’को विवाद टुंगिएको छ । शम्भुले उक्त गीतमा आफ्नो लय चोरिएको भन्दै विवादमा आएको ‘गलबन्दी’ गीतमा उनीहरूबीच बुधबार चारबुँदे सहमति भएपछि विवाद टुंगिएको हो ।

प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा सपुत र राईबीच सो चारबुँदे सहमति भएको हो । सो सहमतिअनुसार अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम उल्लेख हुनेछ ।

सहमतिअनुसार प्रतिलिपि अधिकार र उत्पादन तथा प्रस्तोताले पाउने रोयल्टीमा भने शम्भु राईको अधिकार कुनै रहने छैन । त्यसबाट प्राप्त हुने सम्पूर्ण आम्दानीमा सपुतकै हक रहने र त्यस आम्दानीमा राईले दाबी नगर्ने सहमतिमा उल्लेख छ ।

चारबुँदे सहमतिसँगै ‘गलबन्दी’ देखिएको राई र सपुतबीचको विवाद किनारा लागेको छ ।